८ बैशाख २०६७
सिद्धाश्रम शक्ति केन्द्र गोरखाले हिजो गोरखामा दिब्यगुरु महोत्सव मनाएको छ । हरेक अंग्रेजी महिनाको २१ तारिखमा मनाइने यो महोत्सव गुरु गोरखनाथको प्रचार प्रसारका साथै पुजा गरेर मनाइने सिद्धाश्रम शक्ति केन्द्रका साधक भाइचन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।
आज आयोजित महोत्सवमा गुरु गोरखनाथ र निखिलेश्वरको पुजा हवन र टोल छिमेकीहरुलाई भोजन गराई मनाएको केन्द्रले जनाएको छ । सो कार्यक्रममा जिल्ला न्यायधिश प्रभा वस्नेत भैरवी दलका गणपति राजाराम केसी विष्णु पौडेल लगायतले प्रवचन दिनुभएको थियो ।
No comments:
Post a Comment