Thursday, April 22, 2010

आज गोरखा जिल्लाका सम्पूर्ण उच्च मावि र क्याम्पस वन्द

८ बैशाख २०६७
अखिल क्रान्तिकारी गोरखाले आज गोरखा जिल्लाका सम्पूर्ण उच्च मावि र क्याम्पस वन्द गराएको अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष कुमार तिवारीले वताउनुभयो ।
यही वैशाख ४ गते पोखराको पिएन क्याम्पस ईकाइ अध्यक्ष दिनेश पौडेल लगाएतलाई प्रहरी प्रशासनले गिरस्तार गरेको र हाल दिनेश पौडेललाई प्रहरी प्रसाशनले ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा दायर गर्न खोजेको कारण केन्द्रिय कार्यक्रम अनुसार गोरखाको सवै उच्च मावि तथा क्याम्पस वन्द गराएको तिवारीले वताउनुभयो ।
गोरखाका गोरखा क्याम्पस द्रव्यशाह क्याम्पस दुल्लभ क्याम्पस परोपकार आर्दश क्याम्पस भवानी क्याम्पस र गोरखाका शक्ति उच्च मवि महेन्द्रज्योति उच्च मावि लगाएत सम्पूर्ण उच्च मावि पूर्ण रुपमा वन्द भएको पढनपाढन वन्द भएको वताईएको छ ।
प्रशासनले आफ्नो आन्दोलनलाई वेवास्ता गर्दै दिनश पौडेललाई विना सर्त नछाडेसम्म केन्द्रको सवै कार्यक्रममा सहभागी भईरहने अखिल क्रान्तिकारी जिल्ला सचिवाल सदस्य रमेश कट्टेलले वताउनुभयो ।

No comments: