८ बैशाख २०६७
गोरखामा यस आर्थिक वर्षभित्र कोशेली घर निर्माणका लागि तयारी सुरु भएको छ । जिल्ला विकास समिति घरेलु तथा साना उद्योग विकास समिति गोरखा उद्योग वाणिज्य संघ र गोरखा नगरपालिकाको सकि्रयतामा जिल्लाको ठुलो आँगन क्षेत्रमा कोशेलीघर स्थापना गर्ने निर्णय भएको घरेलु विकास समिति गोरखाका प्रमुख गोकर्णराज जोशीले जानकारी दिनुभएको छ ।
कोशेलीघर स्थापनाका लागि घरेलु विकास समिति उद्योग वाणिज्य संघ जिविस र नगरपालिकाले १÷१ लाख रुपियाँ उपलब्ध गराउने समेत निर्णय भएको छ । जिल्लामा उत्पादित घरेलु तथा साना उद्योगवाट उत्पादित सामाग्रीहरुको बिक्री र वजार सुनिश्चितताका लागि कोशेलीघर स्थापना गर्न लागिएको घरेलु विकास समितिले जनाएको छ ।
गोरखा आउने पर्यटकहरुलाई जिल्लाको चिनोको रुपमा घरेलु सामाग्री उपलब्ध गराई पर्यटन प्रवद्र्धन गर्न समेत कोशेलीघर उपयोगी हुने उद्योग वाणिज्य संघ गोरखाका प्रथम उपाध्यक्ष भगतवावु जोशीले बताउनुभयो ।
कोशेलीघर स्थापनाको लागि साचालकको खोजी भइरहेको उहाँले बताउनुभयो । उद्योग प्रवद्र्धन जिल्ला समन्वय समितिले केही दिनमा वोलपत्र आह्वान गरी कोशेलीघरको साचालक छनोट गर्ने जोशीले स्पष्ट पार्नुभयो । साचालक छनोट भएपछि सदरमुकामको ठुलोआँगन क्षेत्रमा कोशेलीघर साचालनमा आउने घरेलु कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment