Friday, April 23, 2010

सभासद् सहभागी हुने सबै कार्यक्रम बहिस्कार गर्ने

१० बैशाख २०६७
नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले संविधान जारी हुने मिति जेठ १४ अघि सभासद् सहभागी हुने सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गर्नुभएको छ । १४ जेठसम्म सभासद्हरु संविधान निर्माण बाहेक अन्य कार्यक्रममा सहभागी हुन नहुने भन्दै उहाँले सभासद् आउने कार्यक्रम ब्याक्तिगत रुपमा बहिस्कारको घोषणा गर्नुभएको हो ।
गोरखा जेसिज गोरखाले आयोजना गरेको ूम निश्चित समयमा संविधान बनाउन पहल गर्नेछुू विषयक कार्यक्रममा बोल्दै उहाँले संविधान जारी हुन ३५ दिनमात्र बाँकी रहेकोले सभासद्हरुलाई बरालिएर अन्य कार्यक्रममा सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले १४ जेठमा सभासद्ले आफ्नो जिम्मेवारी पुरा गरेपछि मात्र उनीहरु सहभागी कार्यक्रममा भाग लिने बताउनुभयो ।

No comments: