२० बैशाख २०६७
गर्मी मौसमसँगै लमजुङमा झाडा पखला टाइफाड ज्वरो लगायतका विरामीको संख्यामा वृद्धि भएकॊ लमजुङ अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार अस्पतालमा उपचारका निम्ति झाडा पखला टाइफाड तथा ज्वरोका विरामी अत्याधिक आउने गरेका छन् । यति वेला अस्पतालमा प्राय जसो झाडा पखला टाइफाइड ज्वरो लगायतका विरामीको संख्या वढ्दै गएको छ अस्पतालका निर्दैशक युवराज आचार्यले भने । खानपानमा ख्याल नगर्दा प्रदुषित खानेपानी तथा वासीटासी खाने कुरा खाने गर्नाले झाडापखला टाइफाड हुने चिकित्सकहरुको भनाइ रहेको छ ।
No comments:
Post a Comment