२० बैशाख २०६७
एकिकृत माओवादीले घोषणा गरेको अनिश्चितकालिन आम हड्तालको दोश्रो दिन आज गोरखाको जनजीवन विहानैदेखि प्रभावित भएको छ । हड्तालका कारण यातायात र वजार नखुल्दा जनजीवन प्रभावित भएको हो । यातायात र बजार नखुलेपछि दैनिक कामकाजले गुजारा गर्दै आएकाहरु समस्यामा परेका छन् । विहानैदेखि माओवादी कार्यकर्ताहरुले सदरमुकामको मुख्य र भित्री सडकहरुमा समेत पसल बन्द गराएका छन् ।
माओवादीले एम्बुलेन्स शबबाहन खानेपानीका ट्याङकर दुध बोक्ने फोहोर फाल्ने साचार माध्याम र कुटनीतिक नियोगका सवारी साधनहरु भने चल्न दिएको छ । सदरमुकामका औषधी पसलहरु पनि खुलेका छन् ।
सदरमुकाम बाहेक जिल्लाका आरुघाट घ्याम्पेशाल बाह्रकिलो लगायतका ब्यापारिक केन्द्रहरु पनि बन्द भएका छन् । माओवादीले वेलुका ६ वजेदेखि ८ वजेसम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि पसल खुल्न दिएको छ । हिजो वजार खुलेका बेला सदरमुकामका किराना र तरकारी पसलमा उपभोक्ताहरुको भीड लागेको थियो । सवारी साधन नचल्ने भएकाले थप तरकारी र उपभोग्य सामाग्री बाहिरबाट ल्याउन नसक्दा आजदेखि गोरखामा तरकारीको अभाव हुने अवस्थ्ाा आएको छ ।
आमहड्तालको पहिलो दिन हिजो दिउँसो एकिकृत माओवादीलॆ सदरमुकाममा कोणसभा पनि गरेको छ । लोकतान्त्रिक चोकबाट र् याली निकालेर वसपार्क हुदै हरमटारीमा आइ कोणसभा गरेको हो । कोणसभालाई एकिकृत माओवादीका तमुवान राज्य समिति सदस्य तथा सभासद् अमर तमु र वाइसीएल केन्द्रिय सदस्य शान्ति पनेरुले संबोधन गर्नुभएको थियो । उहाँहरुले सरकार नढलेसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
No comments:
Post a Comment