Monday, May 3, 2010

किसानहरु चिन्तित

२० बैशाख २०६७
लमजुङको बाँझाखेत गाउँ विकास समिति वडा नम्बर ५ खासुरवेसी फाँटमा लगाईएको गहुँवालीमा दाना नलागेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । फाँट भरिका गहुँको विरुवा र बाला राम्रो देखिएपनि बालाभित्र कत्तिपनि दाना नलागेपछि स्थानीय किसानहरुले गहुँखेतमा वस्तुभाउ चराएका छन् ।
कृषि विकास कार्यलयबाट ल्याएको विउमा यस्तो समस्या देखिएको स्थानीय किसान राज वहादुर गुरुङले बताउनुभयो । उनीहरुले गहुँ उत्पादन नभएपछि किसानहरु मर्कामा परेको भन्दै सरकारसंग क्षतिपुर्तिको माग गरेका छन् ।
कृषि विकास कार्यलय लमजुङका प्रमुख किशोरप्रसाद पन्तले नेपाल कृषि अनुसन्धान परिषदबाट ल्याइएको डव्लु के १२०४ नामक उन्नत जातको बीउ भएको भन्दै विउको खराबी नभएको स्पष्ट पार्नुभयो । उहाँले किसानको खेतको माटोमा समस्या भएको अनुमान गर्नुभयो ।

No comments: