Monday, May 3, 2010

पर्यटन व्यवसाय ठप्प

२० बैशाख २०६७
आम हड्तालका कारण अन्नपूर्ण पदमार्गमा जाने पर्यटक नभएपछि पर्यटन व्यवसाय ठप्प भएको छ । अन्नपूर्ण पदमार्गको ढोका भनेर चिनिने लमजुङको वेसिशहर हुदै अन्नपुर्ण पदमार्गमा जाने पर्यटकको संख्या शून्य भएपछि पर्यटन ब्यवसाय ठप्प भएको हो । दैनिक करिव एक देखि २ सयको संख्यामा पर्यटकहरु आउने गरेपनि हड्तालका कारण पर्यटक आगमन ठप्प भएको हो ।
आम हडतालको प्रभावले विदेशी पर्यटक नआएपछि भुलभुले ङादी वाहुनडाडा लगायत मनाङका होटल व्यवसायीहरु यति वेला पर्यटक नआएपछि चिन्तित बनेका छन् । तीन दिनदेखि पर्यटकको चहलपहल नहुँदा पर्यटन ब्यवसायीमा लाखौँ घाटा भएको होटल व्यवसायीहरुले दुखेसो गरेका छन् । अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङ र मनाङमा गरि करिव ५ सय पाँचसय होटल भन्दा वढी होटल रहेका सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।
यसै विच लमजुङ र मनाङका पर्यटन ब्यवसायीहरुले पर्यटकलाई थुनछेक नगर्न एकीकृत माओवादीसंग आग्रह गरेका छन् ।

No comments: