११ जेठ २०६७
गोरखाको धुवाकोट मिरकोट च्याङ्ली लगायतका गाविसका आँप बगैचाहरु लोप हुने खतरामा पुगेका छन् । आँपका सार्वजानिक बगैचाहरु मानवीय अतिक्रमण पुराना रुखहरु मर्दै जाने र नयाँ रुख रोप्ने चलनको अभावमा बगैचाहरु लोप हुन थालेका हुन् ।
सार्वजानिक सम्पत्तिका रुपमा रहेका यस्ता बगैचामा स्थानीय वासिन्दा र वन कार्यालय जस्ता सरोकारवला निकायले कम चासो देखाएको मिरकोटका स्थिर खनालले बताउनुभएको छ । मिरकोटको झगरे बगैचा गाइखुरको लामबगैचा धुवाकोटको तल्लो र उपल्लो बगैचा वर्षेनी घट्दै जान थालेको उहुले बताउनुभयो । आँप बगैचा नासिदै जाँदा असार साउनमा आपको माडा बनाएर ब्यापार गर्दै आएकाहरु पनि समस्यामा परेका मिरकोटका कृष्ण न्यौपानेले बताउनुभयो ।
No comments:
Post a Comment