११ जेठ २०६७
जिल्ला स्वास्थ्य कार्यालय र नारेश्वर उपस्वास्थ्य चौकीको आयोजनामा गोरखाका नारेश्वरमा साचालित स्याटेलाइट क्लिनिकमा आज १ सय ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । हरेक महिनाको दोश्रो मंगलवार साचालन गरिने क्लिनिकमा असाहाय अपाङ्गका लागि निशुल्क उपचार गराएका उपस्वास्थ्य चौकी प्रमुख शरद श्रेष्ठले जानकारी दिनुभएको छ ।
स्याटेलाइट क्लिनिकमा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले विरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
No comments:
Post a Comment