११ जेठ २०६७
कृषि समाग्री कम्पनीले उपलब्ध गराएको ढुवानी सहुलियतको रासायनिक मल आधिकारीक कम्पनीलाई नदिएर कालावजारीलाई दिएको भन्दै अखिल नेपाल किसान संघ गोरखाले २००७ ले विरोध जनाएको छ । किसानहरुलाई रासायनिक मलको अत्याधिक आवश्यकता भएको बेला कृषि कार्यालयबाट ढुवानीको अनुमति प्राप्त कम्पनीलाई समस्या श्रृजना गरिएको र जिल्ला प्रशासन कार्यालय र कृषि कार्यालयले अन्य कम्पनी र ब्यापारीलाई महङ्गो मल बेच्न दिएको संघले आरॊप लगाएको छ ।
आधिकारिक मल ढुवानी गर्ने कम्पनीलाई मन्त्रीको सिफारिश माग गरि समस्या सिर्जना गरी अन्य कम्पनीसंग कमिशन खाइ मल ढुवानीको इजाजत दिइएको सचिव अमृत केसीद्धारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले यस्तो गतिविधिलाई अनियमितता र आर्थिक अराजकता भन्दै जिल्लाका सरकारी निकायलाई यस्तो अनियमितता बन्द गरी सुलभ तरिकाले किसानहरुले मल पाउने ब्यवस्था गर्न आग्रह गरेको छ ।
No comments:
Post a Comment