१२ जेठ २०६७
आफ्ना श्रीमान्को सम्झनामा गोरखा नगरपालिका वडा नंबर ५ डण्डीडाडाकी तीलकमारी कोइरालाले गोरखा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । एक वर्ष अघि निधन भएका श्रीमान विरबहादुर कोइरालाको स्मृतिमा तिलकुमारीले श्रीमानको वार्षिकीको अवसर पारेर गोरखा अस्पताललाइ ४० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।
पल्स अ_िक्समिटर नेवुलाइजर र फिटल बोटलर नामको उपकरण तीलकुमारीले आज एक कार्यक्रमका वीच गोरखा अस्पतालका प्रमुख डाक्टर गुणराज लोहनीलाई हस्तान्तरण गर्नुभएको हो ।
अस्पतालले विरामीलाई सेवा प्रदनान गर्न सहज होस् भनी स्वास्थ्य सामाग्री सहयोग गरेको तीलकुमारीका छोरा सोमबहादुर कोइरालाले जानकारी दिनुभएको छ । गोरखा अस्पतालले विरामीको सुविधाको लागि निकै राम्रो काम गर्दै आएकोले अझै सजिलो होस् भनी सहयोग गरेको उहँले बताउनुभयो ।
No comments:
Post a Comment