Monday, May 24, 2010

चार कोठे भवन निर्माण

१० जेठ २०६७
Happy Science जापान नामको सहयोगी संस्थाको सहयोग र स्थानीय वासिन्दाको सकि्रयतामा गोरखा ताप्लेको महालक्ष्मी माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माण भएको छ । संस्थाको २१ लाख ७२ हजार र बाँकी जनश्रम सहित कुल २७ लाख १६ हजार ८६ रुपैयाको लागतमा भवन निर्माण गरिएको प्रधानाध्यापक रहमतुल्लाह मियाले जानकारी दिनुभएको छ । भवनको एक कार्यक्रमका विच सहयोगी संस्थाका दक्षिण एशिया प्रमुख हिरोसी याइता र नेपाल प्रमुख नाओकी दाइहाताले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवीबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायका डीन इश्वरचन्द्र वानियामहेन्द्र मावि कुन्दरका शिक्षक मीनबहादुर नेपाली जनज्योती निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक यदुविलाश भट्टराई लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा संस्थाले सो विद्यालयका १० जना विद्यार्थीका उपलब्ध गराएको छात्रवृत्ति पनि विद्यालयलाई हस्तान्तरण गरेको छ ।

No comments: