१० जेठ २०६७
गोरखाको पालुङटार गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि स्थानीय वासिन्दाले पहल शुरु गरेका छन् । जसका लागि अहिले गाविस भरि शौचालय निर्माणको अभियानलाई तीव्र बनाइएको छ । गाविसमा रहेका करीव ९ शय घरधुरी मध्ये अहिले आधाजसोमा शौचालय निर्माण भैसकेको शिक्षक ज्ञानबहादुर मिजारले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले अन्य घरमा पनि शौचालय निर्माणका लागि तयारी भैरहेको छ । पहिलो चरणमा गाविसका ४ ७ ८ र ९ नम्वर वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने पनि उहाँले बताउनुभयो । सोही क्रममा स्थानीय भवानी उच्च माध्यमिक विद्यालयमा विद्यालयको अगुवाईमा पूर्ण सरसफाई कार्यक्रम सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोकबाबु रोकाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका शक्तिबल्लभ पोखरेल र रप्रधानाध्यापक उमाकान्त देवकोटाले सहजीकरण गर्नुभएको थियो । सोही कार्यक्रममा सुनिल गिरीको अध्यक्षतामा ४६ सदस्यीय भवानी वाल क्लव पनि गठन गरिएको छ । जसको उपाध्यक्ष सुस्मिता खड्का सचीव विजय विक र कोषाध्यक्ष अस्मिता श्रेष्ठ रहनुभएको छ । क्लवले समुदायमा सरसफाईका बारेमा जनचेतना अभिवृद्धिका लागि काम गर्ने शिक्षक मिजारले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment