१० जेठ २०६७
गोरखा सदरमुकामका महिलाहरुले पृथ्वीनारायण खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा हिजो गरेको अनिश्चितकालीन तालावन्दी खुलेको छ । धारामा नियमित पानी नआएको भन्दै सदरमुकामस्थित शक्तिचोकका महिलाहरुले उपभोक्ता समितिको कार्यालयमा हिजो अनिश्चितकालिन तालावन्दी गरेका हुन् । हिजो दिउँसो कार्यालयमा पुगेका ३०÷३५ जना महिलाहरुको समूहले ताला लगाएको समितिले जनाएको छ । उपभोक्ताहरुले पानी नियमित नभएसम्मका लागि तालावन्दी जारी रहने बताएपनि समिति र उपभोक्ताको संयुक्त बैठकपछि ३ दिनभित्र आवश्यक पहल गरी खानेपानी वितरण नियमित गर्ने समितिको प्रतिबद्धतापछि तालावन्दी खुलेको हो । यता खानेपानी कार्यालयले भने विद्युत आपूर्ति नियमित नभएसम्म खानेपानीको समस्या समाधान गर्न नसक्ने जनाएको छ । विद्युत आपूर्ति अनियमित भएका कारण उपभोक्ताको माग अनुसार पानी उपलब्ध गराउन नसकेको उसले स्पष्ट पारेको छ ।
No comments:
Post a Comment