Wednesday, May 26, 2010

खानेपानी मुहान देखि घरघरसम्म सरसफाई अभियान थालनी

१२ जेठ २०६७
गर्मीसंगै फोहरपानीले रोगको महामारी फैलने डरले लमजुङ सदरमुकाममा बेसीशहरमा पानीको मुहान देखि पानी उपभोग गर्ने घरघरसम्मको सरसफाई अभियान थालिएको छ ।
सिधै खोलाको पानी उपभोग गरिरहेका बेसीशहरबासिन्दाको स्वास्थ्यलाई मध्यनजर राखि बेसीशहर गाउँ विकास समितिमा रहेका नौवटै वडाका महिलाहरुले सरसफाई अभियान थालेको हो । मुहानदेखि पँधेरो र घरको भान्छा सम्म सबै भन्दा बढी पानीको प्रयोग महिलाहरुले गर्ने भएकाले उनीहरुलाई सचेतना जगाउन अभियान थालेको आयोजक वेसीशहर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बामदेव अधिकारीले जानकारी दिनुभयो ।
अभियानमा सहभागी ३० जना महिलाहरुलाई खानेपानी तथा सरसफाई कार्यालयका ईिाजनिर कमल अर्याल र खानेपानीका अध्यक्ष अधिकारीलॆ खानेपानी गुणस्तर र सुधार सम्बन्धि सचेतनामूलक तालिम समेत दिएको थियो । सहभागी महिलाहरुलाई पानीको गुणस्तर सुधार प्रशोधन पानीको प्रयोग र बेसीशहर खानेपानी आयोजनाको विगत देखि वर्तमानसम्मको अबस्थाको बारेमा जानकारी गराइएको थियो ।
सदरमुकाम वेसीशहरमा पहिलो पटक आयोजना गरिएको सो कार्यक्रममा सहभागी महिलाहरुलाई बेसीशहरको पानीको मुहान ट्याङ्की र निर्माणधिन प्रशोधन केन्द्रमा समेत लगेर अवलोकन गराईएको थियो । ईिाजनियर अर्यालले पानीको मुहान देखि उपभोग गर्नेको मुखसम्म आईपुग्दाको विभिन्न चरणमा सरसफाईमा ध्यान दिनुपर्ने बताउनु भएको थियो । उहाँले सहभागी महिलाहरुलाइृ पानी शुद्धिकरणको लागि विभिन्न वैकल्पिक उपायहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
खोलामा बाढी आएको समयमा बेसीशहरबासीले उपभोग गर्ने पानीमा २ सय प्रतिशत सम्म धमिलोपन आउने गरेको छ । तीनवटा खोलाबाट सिधै ठूलोपँधेरास्थित टयाङ्कीमा ल्याई बेसीशहरका वासिन्दालाई पानी वितरण गर्ने गरिएको छ । यस्तै समस्यालाई मध्यनजर राख्दै १ करोड ९० लाख ७४ हजारको लागतमा बेसीशहरमा पानी प्रशोधन केन्द्रको निर्माण भईरहेको छ । पानी प्रशोधन केन्द्र यसै महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केन्द्रको निर्माण पछि मिनिरल वाटरको पानी भन्दा बढी शुद्ध बेसीशहरका वासिन्दाले उपभोग गर्न पाउने ईिाजनियर अर्यालको दावी छ ।
सरसफाई अभियान खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र बेसीशहर खानेपानी उपभोक्ता समितिको सयुक्त आयोजनामा भएको हो । जेठ २२ देखि २७ गते सम्म मनाईने राष्ट्रिय सरसफाई सप्ताहमा समेत बेसीशहरको सरसफाई सम्बन्धि अन्तरकि्रया कार्यक्रम राखिएको छ । सरसफाई सप्ताहको अवसरमा परेवाडाँडालाई खुल्ाा दिशामुक्त क्षेत्र घोषणा गाउँशहर र दुधपोखरीमा जनचेतना मूलक सरसफाई र् याली भोटेओडारमा बिद्यालय स्तरिय हाजिरीजवाफ तार्कुमा लोकगीत बेसीशहरमा जिल्ला बन कार्यालय र भूसंरक्षण कार्यालयको आयोजनामा बृक्षारोपण र लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा बेसीशहर बजार सरसफाई र अन्तरकि्रया कार्यक्रमको आयोजना गरिने भएको छ ।

No comments: