१२ जेठ २०६७
२५ सय ५४ औ वुद्ध जयन्ती तथा वैश्ााख पुर्णिमा भोली गोरखामा भब्य रुपमा मनाइने भएको छ । गोरखा बौद्ध समूहलॆ शान्ति र् याली प्रवचन वुद्ध भजन र शान्तिको कामना सहित दिप प्रज्वलन गरी वुद्धजयन्ती मनाउने तयारी गरेको छ । भोली विहान ७ वजे सदरमुकामको पदेलीमा भेला भइ त्रिशरण सहित पाचशील ग्रहण गरी शान्ति पदयात्रा गरी गुम्बा निर्माण स्थल सतीपिपलमा वुद्ध जयन्ती समारोह गर्ने गोरखा बौद्ध समूहका सचिव विष्णु रानामगरले जानकारी दिनुभएको छ ।
समारोहमा वुद्धको पुजाअर्चना प्रसाद ग्रहण गर्ने र शान्तिको कामना गरी वुद्ध भजनगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । समूहले भोलीको दिन अिहंसाका प्रर्वतक गौतम वुद्धको जन्मदीन भएकाले काटमार नगर्न सबैलाई आग्रह गरेको छ ।
No comments:
Post a Comment