Friday, May 28, 2010

गोरखामा नागरिक राष्ट्रिय दैनिक पत्रिका जलायो

१४ जेठ २०६७
पित पत्रकारिता गरी जनतामा भ्रम फैलाएको भन्दै एकीकृत माओवादीले आज गोरखामा नागरिक राष्ट्रिय दैनिक पत्रिका जलाएको छ । नागरिक दैनिकको पहिलो पृष्ठमा वेपत्ता डाक्टर माओवादी कब्जामा शिर्षकको समाचार गलत भएको भन्दै माओवादीका सचिवालय सदस्य तथा तमुवान राज्य समिति सदस्य लेखबहादुर थापाले पत्रिका जलाउनुभएको हो ।
चितवनको वीपी कोइराला क्यान्सर अस्पतालका डाक्टर माओवादी कब्जामा नै रहेको आशयमा समाचार छापिएपछि सो समाचार गलत र भ्रम फैलाउने खालको भन्दै माओवादीले सदरमुकामको हरमटारी चोकमा पत्रिका जलाएका हुन् । पत्रिका जलाउने कार्यक्रममा एकीकृत माओवादीका क्षेत्र नंबर २ का इन्चार्ज यानप्रसाद भट्टले कठपुतली सरकारले नै पीत पत्रकारिताको गर्न लगाएको आरोप लगाउनुभयो ।
गोरखाको फिनाम गाउँ विकास समितिका वासिन्दाले आफ्नो खेतवारी सिाचाइ गर्न कुलो निर्माण गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले ६० हजार रुपियाँ दिएपछि गाउँलेले १५ हजार रुपियाँ थपेर एक किलोमिटर लामो कुलो बनाएको डम्मरकाँडा सिाचाइ उपभोक्ता समितिका अध्यक्ष अब्दुलकरिम मियाँले जानकारी दिनुभएको छ ।
बैशाख दुइ गतेदेखि थालिएको कुलो निर्माण पुरा भएकाले स्थानीय खिरपे खेतको ७५ रोपनी क्षेत्रफल सिाचाइ गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

No comments: