Monday, May 3, 2010

आमहड्तालका कारण गोरखाको जनजीवन कष्टकर

२० बैशाख २०६७
एकिकृत माओवादीले घोषणा गरेको अनिश्चितकालिन आमहड्तालका कारण गोरखाको जनजीवन कष्टकर बन्दै गएको छ । आमहड्तालका कारण वजार र यातायात साचालन हुन नसक्दा दैनिक उपभोग्य वस्तुहरु समेत पाउन कठिन हुन थालेको छ ।
साँझ दुइघण्टा उपभोग्य सामाग्री खरिदका लागि बजार खुलेपनि बजारमा तरकारी र दैनिक उपभोग्य वस्तु पाउन कठिन हुन थालेको छ । आमड्तालका कारण गोरखा सदरमुकाम आजपनि दिनभर सुनसान रहेको छ । औषधी पसल एम्बुलेन्स प्रेस र दुध बोक्ने सवारी साधन खुला भएपनि बजारमा चहलपहल देखिएको छैन । आमहड्तालका कारण दिनभर काम गरेर गुजारा गर्नेहरु समस्यामा परेका छन् । विद्यालय र क्याम्पसहरु वन्द हुदा विद्यार्थी र अभिभावकहरु चिन्तामा परेका छन् ।
यसैवीच आमहड्तालको समयमा एम्बुलेन्सले उपभोग्य वस्तु ओसार पसार गरेको भन्दै एकिकृत माओवादी कार्यकर्ताले आज दिउँसो गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवा केन्द्रद्धारा साचालित नियन्त्रणमा लिएको थियो ।
एम्बुलेन्समा तरकारी अण्डा विस्कुट लगायतका खाद्य सामाग्री लिएर लक्ष्मीवजार तर्फ लैजादै गर्दा माओवादीले नियन्त्रणमा लिएको हो । एम्बुलेन्स नियन्त्रणमा लिएपछि संबन्धित पक्षले कमजोरी स्वीकार गरेपछि एम्बुलेन्स फिर्ता गरेको माओवादीका इलाका नंबर १ इन्चार्ज दिपक तिमि_िल्सनाले जानकारी दिनुभएको छ ।
आमहड्तालको दोश्रो दिन आजपनि माओवादी कार्यकर्ताले बजारमा नाराजलुश सहित कोणसभा गरेको छ । लोकतान्त्रिक चोकदेखि वाजागाजा सहित माओवादीले वसपार्कसम्म जुलुस निकालेको थियो । जुलसमा सहभागीहरुले सरकारको राजीनामाको माग गर्नुका साथै माओवादी नेतृत्वको सरकारको माग गरेका थिए । जुलुसपछि वसपार्कमा आयोजना गरिएको कोणसभामा जिल्ला इन्चार्ज कृष्ण धिताल र जिल्ला सदस्य खोपबहादुर कंडेलले मन्तब्य राख्नुभएको थियो । माओवादीले सदरमुकाममा निकालेको जुलुसको बिभिन्न मानव अधिकारवादी संघ संस्थाहरुले अनुगमन गरेका छन् ।

उता एकीकृत नेकपा माओवादीले आव्हान गरेको आमहड्तालको दोश्रो दिन तनहुँको जनजीवन पनि प्रभावित भएको छ । बिहानैदेखि जिल्लाका सदरमुकाम दमौली व्यापारिक केन्द्रहरु भीमाद डुम्रे दुलेगौंडा आँबुखैरेनीलगायत बन्द छन् भने स्कूल उद्योग कलकारखाना लगायत पनि खुलेका छैनन् । दमौलीस्थित अधिकांश सरकारी कार्यालयहरु खुला रहेपनि सेवाग्राहीको चहलपहल दिनभर शुन्य रहेको थियो ।
आमहड्तालको समयमा सवारी चलाएको भन्दै लमजुङबको गाउँशहर स्थित गैह्रीमा रोकिराखेको माइक्रोवस माओवादीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । वेसिशहरमा जनप्रदर्शनका निम्ति आएका करिव २५÷३० जना माओवादीका कार्यकर्ताहरुले मर्मत गरेर गैह्रीमा रोकेर राखेको काठमाडौ वेसिशहर चल्ने वा १ ज ९७७७ नम्वरको माइक्रो वस तोडफोड गरेका हुन् । तोडफोडबाट वसका सम्पूण झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।

No comments: