२० बैशाख २०६७
गोरखाका पाँच मानव अधिकारवादी संघसंस्थाले जिल्लाको मानव अधिकारको अवस्थाबारे संयुक्त अनुगमन गर्ने भएका छन् । एकिकृत माओवादीले घोषणा गरेको अनिश्चितकालिन आमहड्तालको क्रममा हुन सक्ने मानव अधिकार उलंघनका घटना अनुगमन गर्न समिति निर्माण निर्माण गरेको हो ।
मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुराष्ट राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र मानवअधिकार तथा शान्ति समाज अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र नेपाल मानवअधिकार संगठनले संयुक्त रुपमा अनुगमन गर्ने भएका हुन् ।
ति संस्थाका पदाधिकारीहरुको हिजो बिहान सदरमुकाममा भएको बैठकले वर्तमान अवस्थामा हुनसक्ने मानवअधिकार उल्लंघनका घटनाको संयुक्त अनुगमन गर्ने निर्णय गरेको इन्सेक प्रतिनिधि भीमलाल श्रेष्ठले जानकारी दिनुभएको छ । बैठकमा काहुराष्टका जिल्ला सचीव किशोर रेग्मी मानवअधिकार सरोकार केन्द्रका संयोजक यादव शर्मा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी र जिल्ला अध्यक्ष यदु अधिकारी मानवअधिकार संगठनका जिल्ला प्रतिनिधी भीमलाल श्रेष्ठ र मानव अधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेतको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment