२२ बैशाख २०६७
एकीकृत माओवादीले गरेको आमहड्तालको क्रममा आज गोरखा सदरमुकाममा साङ्ले जुलुस निकालेको छ । माओवादीले निकालेको साङ्ले जुलुस सदरमुकामको हरमटारी वसपार्क ठुलोआँगन पाटेचौर अस्पतालमार्ग वराह हरमटारी प्रतिक्षालय हुदै लोकतान्त्रिक चोकमा पुगेर समापन भएको हो । माओवादी कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरेका थिए भने आफ्नो पाटिको नेतृत्वमा सरकारको माग गरेका छन् ।
साङ्ले जुलसको नगर परिक्रमापछि गरेको कोणसभालाई संबोधन गर्दै जिल्ला इन्चार्ज कृष्ण धितालले शान्तिपुर्ण आन्दोलनमा सत्तारुढ दलका भातृ संगठनले प्रतिकार गरेर आन्दोलनकारीलाई उत्तेजित पारिरहेको बताउनुभयो । सरकारले तरुण दल र युथफोस्रलाइ प्रतिकारमा उतारेर आन्दोलनकारीलाई उत्तेजित पानॆ्र र सेना परिचालन गर्ने रणनीति लिएको उहाँले आरोप लगाउनुभयो ।
एकीकृत माओवादीले आजको कोणसभालाई आन्दोलनमा सहभागी भएर घर फर्कदै गर्दा ज्यान गुमाएका दाङका रुद्र बहादुर केसीको श्रद्धााजली सभा भनेको छ ।
शान्तिपुर्ण आन्दोलनलाई उत्तेजित पारेर सरकारले मुठभेड निम्त्याउन खोजेको भन्दै इन्चार्ज धितालले आन्दोलनको प्रतिकार गरे आफुहरुपनि चुप लागेर नवस्ने चेतावनी दिनुभएको छ । कार्यक्रमलाई एकीकृत माओवादी तमुवान राज्य समितिका सल्लाहकार वसन्त वराकोटीले पनि संबोधन गर्नुभएको थियो ।
माओवादी कार्यकर्ताहरुले प्रधानमन्त्री माधव कुमार नेपालको पुत्लालाई नगर परिक्रमा गराई हरमटारीमा दोहन गरेका छन् । विहानदेखि हरमटारीस्थित लोकतान्त्रिक चोकमा वाजागाजा र नाचगानका साथ वसेका माओवादी कार्यकर्ताहरु दिउँसो दुई वजेपछि प्रदर्शनमा निस्केका थिए । आज आयोजना गरेको प्रदर्शनमा अघिल्लो दिनमा भन्दा बढी सहभागी देखिएका थिए ।
No comments:
Post a Comment