Monday, June 7, 2010

पालुङटारमा स्याटेलाइट क्लिनिक साचालन

२४ जेठ २०६७
गोरखाको पालुङटार गाविसको हवाइग्राउण्डमा आज स्याटेलाइट क्लिनिक साचालन भएको छ । हरेक महिनाको २४ गते हुदै आएको क्लिनिकमा आज गोरखा अस्पतालका डाक्टर गुणराज लोहनीले १ सय ३३ जनाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
क्लिनिकमा धेरैजसो स्त्रीरोगका विरामीहरु जाँच गराउन आएका स्थानीय मिलिजुली महिला समूहकी अध्यक्ष चेतकुमारी श्रेष्ठले जानकारी दिनुभएको छ । क्लिनिकमा विरामी जाँच गराउन गोरखा अस्पतालका डाक्टर लोहनी नै सहभागी भएकोमा स्थानीय महिलाहरु खुशी भएका उहाँले बताउनुभयो । महिलाहरुले हरेक महिना विरामी जाँचका लागि आउन डाक्टरलाई आग्रह गरेका छन् ।

No comments: