२४ जेठ २०६७
खानीबाट ढुङ्गा झिक्ने क्रममा ढुङ्गाले लागेर गोरखा बक्राङ ९ का एकजनाको ज्यान गएको छ । लुदीखोलास्थित ढुङ्गाखानीमा ढुङ्गा झिकिरहेको अवस्थामा ढुङ्गाले लागेर घाइते भएका ५५ वर्षिय देवबहादुर आलेको गोरखा अस्पतालमा उपचार हुन नसकी काठमाडौ लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।
ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेको उहुलाई गोरखा अस्पतालले काठमाडौको न्युरो अस्पतालमा रिफर गरेको थियो । काठमाडौ लैजादा गोरखाको अबुँवा नजिक ज्यान गएपछि अहिले उहाँको शब पोष्टमार्टमको लागि गोरखा अस्पतालमा राखिएको छ ।
No comments:
Post a Comment