२६ जेठ २०६७
लमजुङका तीन शिक्षक संघसंगठनले एकीकृत माओवादी र वाईसीएलको जवर्जस्ती चन्दा र ज्यानमार्ने धम्की बन्द गर्न माग गरेका छन् । नेपाल शिक्षक युनियन नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी चन्दा र धम्की नरोकेमा माओवादी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनीहरुले चन्दा आतंक र ज्यान मार्ने धम्कीका कारण केही शिक्षकहरु विस्थापित समेत भएको बताएका छन् ।
शिक्षक संघमा आवद्ध माधव वाग्ले अखिल नेपाल शिक्षक संगठनसंग आवद्ध मण्डली प्रावि पाचोकका शिक्षक बासुदेव घिमिरे र पूर्व शिक्षक हरिश्चन्द्र पण्डित लगायतलाई वाईसीएले चन्दा नदिएको भन्दै गत जेठ १४ गते श्रीमाज्याङ गाविस-२ लामाबगरमा कुटपिट गरेका थिए ।
पीडित शिक्षकहरुबारे अनुगमन गरेको शिक्षक संघ संगठन अधिकारकर्मी र संचारकर्मी सहितको टोलीले गरेको शिक्षकहरु विद्यालय जना सक्ने अवस्थामा नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । टोलीले सार्वजानिक गरेको प्रतिवेदनमा धम्की र चन्दा आतंकका कारण शिक्षकहरुको मनोवल खस्किएको उल्लेख गरिएको छ । शिक्षकहरुले दोषीलाई यथाशिघ्र कार्वाही गरि निर्वाध रुपमा पढ्न र पढाउन पाउने शिक्षक विद्यार्थीको संविधान प्रदत्त मौलिक अधिकारको सहज शैक्षिक वातावरण सिर्जना गरिदिन प्रेश विज्ञप्ति मार्फत पनि आग्रह गरेका छन् ।
यता एकीकृत माओवादी लमजुङले भने कसैलाई पनि कुटपिट नगरेको जवर्जस्ती चन्दा नमागेको र कसैलाई धम्की पनि नदिएको दावी गरेको छ ।
No comments:
Post a Comment