२६ जेठ २०६७
एघारौ सरसफाई सप्ताहको अवसर पारेर गोरखा पालुङ्गटारको पालुङ्गटार खानेपानी तथा सरसफाई आयोजना आज उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आयोजनालाई एक कार्यक्रमका वीच खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख धु्रवमणी पौडेलले नयाँवजार हवाई ग्राउण्ड खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष चीजकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाल सरकारको ६० लाख ७५ हजार र उपभोक्ताहरुको १३ लाख सहित कुल ७३ लाख ७५ हजार रुपैयाको लागतमा निर्माण भएको आयोजनाको हिजै स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । आयोजनाबाट पालुङ्गटार ९ को नयाँवजार हवाई ग्राउण्ड र गाइखुर २ कालामाटाका १ सय ९० घरले घरघरमा खानेपानीको सुविधा पाएका छन् । घरघरमा खानेपानीको सुविधा पुगेपछि आयोजना क्षेत्रलाई खुला दिशाुमुक्त क्षेत्र घोषणा गरिएको छ । खुला दिशामुक्त क्षेत्र घोषणापछि स्थानीयले खुला ठाउँमा दिशापिसाव गर्नेलाई ५० देखि १०० रुपियाँसम्म जरिवाना गर्ने बताएका छन् ।
नयाँबजार हवाइग्राउण्ड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चीजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख धु्रवमणि पौडेल भवानी उच्च माध्यमिक विद्यालयका प्राचार्य उमाकान्त देवकोटा भैरवी दल गुल्मका गुल्मपति चक्र श्रेष्ठ पालुङ्गटार गाविसका सचीव सीताराम गिरी गोरखकाली सहकारी संस्थाका अध्यक्ष सरोज देवकोटा खानेपानी उपभोक्ता समिति सचिव रामबहादुर गुरुङ्ग कोषाध्यक्ष चित्रबहादुर श्रेष्ठ धर्मावती प्राथमिक विद्यालयका प्रधानाध्यापक परासर देवकोटा मिलिजुली महिला समूहकी अध्यक्ष चेतकुमारी श्रेष्ठ मस्र्याङदी युवा क्लवका अध्यक्ष काचन तामाङ्ग चन्द्रकाजी श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।
सो अवसरमा उपभोक्ता समितिले आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्ने कर्मचारी ठेकेदार उपभोक्ता लगायतलाई सम्मान गरेको थियो
No comments:
Post a Comment