Tuesday, June 15, 2010

अभिमुखीकरण कार्यक्रम सुरु

१ असार २०६७
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयको सहयोगमा गोरखामा साचालित न्यायमार्फत शान्ति परियोजना अन्तर्गत आजदेखि क्षेत्र नंबर २ का गाविसहरुमा एक दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । हिमाली क्षत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र गोरखाले संयुक्त रुपमा साचालन गरेको सो परियोजना अन्तर्गत आज खोप्लाङ गाविसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा द्वन्द्वपीडितहरुको संक्रमणकालीन न्यायको अवस्थाको बारेमा जानकारी लिने र राज्यले दिने सेवा सुविधाबारे जानकारी गराउने कार्यक्रम संयोजक काजीराम रोकाले बताउनुभयो । कार्यक्रममा ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठले संक्रमणकालीन न्यायको विषयमा जानकारी गराउनुभएको थियो ।
गाविस सचिव केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत माओवादी गाविस संयन्त्र प्रमुख कमल पोखरेल नेपाली कांग्रेसका संयन्त्र सदस्य कृष्ण पोखरेल नेकपा एमालेका दिपक ढकाल अन्नपुर्ण उच्च माविका शिक्षक रामेश्वर पोखरेल शादरा माविका जगन्नाथ श्रेष्ठ खोप्लाङ उपस्वास्थ्य चौकीका अहेब भरतराज पाण्डे सामाजिक मनाविमर्श सहयोगी कार्यकर्ता दिलिप श्रेष्ठ हिमाली क्षेत्र विकास केन्द्रकी सदस्य कल्पना उपरकोटी लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments: