३० जेठ २०६७
सुधारिएको चुल्हो निर्माण गरेपछि थोरै दाउराले पुग्ने भन्दै गोरखाको घैरुङ गाविस वडा नंबर १ ज्यामिर स्वाँराका वासिन्दा खुशी भएका छन् । घरघरमा निर्माण गरिएको सुधारिएको चुल्होमा थोरै दाउराले पनि खाना पाक्ने भान्सा कोठामा धुँवा नहुने भान्सा सफा हुने भएपछि उनीहरु खुशी भएका हुन् । सुधारिएको चुल्हो बनाएपछि धुवाँमा बस्नु नपर्ने र थोरै दाउराले पनि पुग्न थालेको स्थ्ाानीय डिलकुमारी थापाले बताउनुभयो । सुधारिएको चुल्हो बनाएपछि वालवालिकाले पनि भान्साकोठा मानै वसेर पढ्न लेख्ने सक्ने उहाँले बताउनुभयो ।
क्षेत्रीय नवीकरणीय उर्जा सेवा केन्द्र ग्रामीण ससक्तिकरण समाज दमौलीको सहयोगमा हिमाली क्षेत्र विकास केन्द्रले हालसम्म घैरुङ गाविसमा ६० वटा सुधारिएको चुल्हो निर्माण गरेको छ । गाउँका ४ जनालाई सुधारिएको चुल्हो निर्माणका लागि प्राविधिक तालिम दिएर काममा लगाएको संस्थाका कर्मचारी कल्पना नेपालीले बताउनुभयो । किसानहरुले तालिम प्राप्त प्राविधिकलाई काम गर्न लगाएर चुल्हो निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।
हिमाली क्षेत्र विकास केन्द्रले घैरुङ गाविसमा निर्माण गरेको सुधारिएको चुल्होको आज विहान एक टोलीले अनुगमन गरेको छ । जिल्ला विकास समिति जिल्ला वन कार्यालय जिल्ला स्वास्थ्य कार्यालय गैर सरकारी संस्था महासंघ नेपाल पत्रकार महासंघका प्रतिनिधि र पत्रकारहरुको टोलीले अनुगमन गरी आवश्यक सुझाव दिएको छ ।
आगलागिबाट पिडित बक्राङको एक परिवारलाई स्थानीय महेन्द्र शक्ति माविको जुनियर रेडक्रस सर्कलले ७० किलोग्राम चामल २५ सय रुपियाँ नगद र कपडा प्रदान गरेको छ । गएको फागुन महिनामा बक्राङ गाविस वडा नं। १ निवासी सुकमाया घलेको घरमा आगालागी भएको थियो ।
जुनियर रेडक्रस सर्कलका अध्यक्ष शक्ति आलेको नेतृत्वमा शिक्षकहरुबाट १३ सय र विद्यार्थीहरुबाट १२ सय नगद संकलन गरी पीडितलाई प्रदान गरिएको प्रधानाध्यापक रामप्रसाद पोखरेलले बताउनुभएको छ । यस अघि नेपाल रेडक्रस सोसाइटी बक्राङ उपशाखाले नगद पाँचसय रुपियु र केही वन्दोवस्तीका सामानहरु प्रदान गरेको थियो ।
No comments:
Post a Comment