२ असार २०६७
विद्यालयका सवै विद्यार्थी विरामी परेपछि लमजुङको बाँझाखेत गाविस ६ गाउँ भाचोकस्थित हिमज्योति प्राथामिक विद्यालय आजदेखि बन्द भएको छ । विद्यालय ब्यवस्थापन समिति अभिभावक र शिक्षकहरुको संयुक्त बैठकले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको जनाएको छ ।
भाईरल फिवरका कारण विद्यालयमा अध्ययनरत ३६ जना मध्ये ३० जना विद्यार्थी विरामी परेपछि आज एक सूचना जारी गरि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मोतिप्रसाद गुरुङले जानकारी दिनुभएको छ । विद्यार्थीहरुमा टाउको दुख्ने शरीर तात्ने आँखाबाट आँशु बग्ने िसंगान बग्ने लगायतका समस्या देखिएको छ । विद्यार्थीको उपचारका लागि सदरमुकाम वेसीशहरतर्फ ल्याइँदै छ । आर्थिक अभावका कारण धेरै विद्यार्थी उपचार गर्न आउन सकेका छैनन् ।
विद्यार्थीसंगै उनीहरुका अभिभावक पनि विरामी परेपछि स्थानीयवासिन्दा चिन्तित बनेका छन् । विरामीलाई बाँझाखेत उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले उपचार गरेपनि रोग नियन्त्रणमा आउन नसकेको स्थानीयवासिन्दाले वताएकाछन् ।
No comments:
Post a Comment