२ असार २०६७
आठौ विद्युत आयोजना अन्तर्गत गोरखामा निर्माण भएको ३३ बाइ ११ केभी ३ एमभीए क्षमताको विद्युत सब स्टेशनको आज परीक्षण गरिएको छ । सब स्टेशनको एक साताको परीक्षणपछि नियमित रुपमा वितरण सुरु गरिने नेपाल विद्युत प्राधिकरण गोरखा शाखाले जनाएको छ । यसअघि आँबुखैरेनीको सब स्टेशनबाट वितरण हुदा पटकपटक अघोषित लोडसेडिङको समस्या भोगिरहेका गोरखाका विद्युत उपभोक्ताहरुले आगामी दिनमा त्यस्तो समस्या भोग्नु नपर्ने शाखा प्रबन्धक दिपेश खनालले जानकारी दिनुभएको छ ।
सब स्टेशन साचालनका लागि सम्पुर्ण तयारी पुरा भएको र एक साताको परीक्षणबाट पुर्ण रुपमा साचालनमा ल्याउन सकिने उहाँले बताउनुभयो । यसअघि भोल्टेज समस्याका कारण हरेक दिन गोरखामा पिक आवरमा विद्युत आपुर्ति बन्द हुदै आएको थियो । एउटै सब स्टेशनबाट धेरै ठाउँमा विद्युत वितरण हुदा हावाहुरीले आँबुखैरेनी क्षेत्रमा खम्बाहरु ढल्दा सबैतिर आपुर्ति बन्द हुने अवस्था थियो ।
सब स्टेशनको निर्माण भएपछि विद्युत आपुर्ति र भोल्टेजमा निकै सुधार हुने प्राधिकरणले जनाएको छ । नयाँ सब स्टेशनबाट जिल्लाको कुल २३ हजार विद्युत उपभोक्ता मध्य १४ हजारलॆ विद्युत सेवा उपभोग गर्न पाउने प्राधिकरणको भनाइ छ ।
No comments:
Post a Comment