३ असार २०६७
गोरखाको एक होटलमा एक हजार रुपियाँको जाली नोट फेला परेको छ । सदरमुकामको होटल विसौनीमा एकजना ग्राहकले पैसा तिर्दा हिजो जाली नोट दिएको होटलका कर्मचारी भरत अंगाइले बताउनुभयो । सो रकम गोरखा विकास बैङ्कमा जम्मा पार्न लैजादा बैङ्कले जाली नोट भनेर फिर्ता पठाएको उहाँले बताउनुभयो ।
कामु गर्भनर कृष्णबहादुर मानन्धरको हस्ताक्षर रहेको ख/५१ ७२९२३२ नंबरको सो नोटमा लालीगुराँस र सगरमाथाको छाप अंकित छ । देख्दा उस्तै लाग्ने नोट कुन ग्राहकले दियो भन्ने बारे थाहा नभएको होटलले जनाएको छ ।
No comments:
Post a Comment