Thursday, June 17, 2010

एसओएस म्यानपावर सर्भिस प्रालिको गोरखा शाखाको उद्घाटन

३ असार २०६७
बैदेशिक रोजगार ब्यावसायी महासंघका अध्यक्ष सोमलाल बाटाजुले बैदेशिक रोजगारीले नै मुलुकको अर्थतन्त्र धानेको बताउनुभएको छ । वैदेशिक रोजगारमा जानेले वर्षमा ४०० अर्ब रुपियाँ भन्दा बढी रकम मुलुकमा पठाएको भन्दै उहाँले यसै ब्यवसायले मुलुकको अर्थतन्त्र टिकेको बताउनुभयो । बैदेशिक रोजगारीमा जानेहरुले पठाएको पैसाले मुलुकको कुल ग्राहस्थ उत्पादनमा झण्डै २४ प्रतिशत योगदान पुर् याएको जानकारी गराउँदै उहाँले यस ब्यवसायलाइ सकारात्मक रुपमा लिन सबैलाइ आग्रह गर्नुभयो ।
मुलुकमा कलकारखाना र उद्योग धन्दा नहुनु र लगानीको वातावारण नहुदा युवाहरु विदेश जानुपरेको उल्लेख गर्दै उहाँले राम्रो म्यानपावर कम्पनी छनोट गर्नसके विदेशमा समस्यामा पर्नुनपर्ने बताउनुभयो । एसओएस म्यानपावर सर्भिस प्रालिको गोरखा शाखाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बाटाजुले अहिले मुलुकका सबैथरि पेशा ब्यावसाय र राजानीति गर्नेहरुले म्यानपावर ब्यावसायलाई कमाइ गर्ने ठाउँ बनाएकोले यो ब्यावसाय मर्यादित हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले वैदेशिक रोजगार ब्यावसायलाई मर्यादित बनाउन बैदेशिक रोजगार ब्यावसायी महासंघले कि्रयाशिलता देखाउनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा महासंघका केन्द्रिय सदस्य नन्द पुन नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा एसओएस म्यानपावर प्रालिका गोरखा शाखा प्रबन्धक शन्देश मास्केले मुलुकमा देखिएको आर्थिक संकट र बेरोजगारी समस्या समाधानको एकमात्र उपाय बैदेशिक रोजगार भएको दावी गर्नुभयो । म्यानपावरबाट साउदी अरेबिया दबइ कतार मलेसिया अल्जेरिया र लिवियामा कामदार पठाइराखेको उहाँले बताउनुभयो ।

No comments: