३ असार २०६७
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयको सहयोगमा साचालित न्यायमार्फत शान्ति परियोजना अन्तर्गत आज गोरखाको छोप्राक गाविसमा संक्रमणकालीन न्याय र सिद्धान्त विषयक गाविस स्तरिय अन्तरकि्रर्या कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र गोरखाले संयुक्त रुपमा साचालन गरेको सो कार्यक्रममा संक्रमणकालमा द्वन्द्वपीडितहरुको अवस्थाका साथै संक्रमणकालीन न्याय र सिद्धान्तको विषयमा जानकारी गराइएको थियो ।
सो अवसरमा कार्यक्रम संयोजक काजीराम रोकाले कार्यक्रमको विषयबस्तुबारे जानकारी गराउनु भएको थियो भने ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठले संक्रमणकालीन न्यायको विषयमा जानकारी गराउनुभएको थियो ।
गाविस सचिव जनार्दन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत माओवादीका अर्जु्रन पोखरेल
नेपाली कांग्रेस कृष्णप्रसाद पोखरेल नेकपा एमाले तिलक बानियाँ मण्डली उच्च माविका प्रचार्य भरतप्रसाद पोखरेल विष्णु बगाले शित्तलचन्द्र पोखरेल मनोविमर्श सहयोगी कार्यकर्ता यमबहादुर नेपाली हिमाली क्षेत्र विकास केन्द्रका सदस्य कल्पना उपरकोटी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा द्वन्द्वपीडित राजनीतिक दलका स्थानीय प्रतिनिधि वुद्धिजीविहरुको सहभागीता रहेको छ ।
No comments:
Post a Comment