३ असार २०६७
तीनसातादेखि अवरुद्ध गोरखाको मान्वु गाविसको विजुली हिजोदेखि नियमित भएको छ । टर्बाइनको बेरिङमा समस्या देखिएर बन्द भएको छोटेखोला लघु जलविद्युत आयोजना काठमाडौबाट आएका प्राबिधिकले मर्मत गरेपछि साचालनमा आएको हो । विजुली आएपछि अवरुद्ध भएको नमस्ते सिडीएमए तथा एन सेल मोवाइल सेवा सुचारु भएको स्थानीय रस गुरुङले जानकारी दिनुभएको छ ।
विजुली आएपछि स्थानीय ७ सय घरधुरीले वत्ति वाल्न पाएका छन् भने फाराम भर्नका लागि फोटो खिचाउनुपर्ने कक्षा ९ र १० का विद्यार्थीलाई पनि सजिलो भएको छ ।
No comments:
Post a Comment