४ असार २०६७
स्वास्थ्य सुधार समूह गोरखाको सहयोग र महालक्ष्मी महिला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ताप्लेमा साचालित ३ महिने सिलाइ कटाइ तालिम आज सकिएको छ । संस्थाका अध्यक्ष हनिफा मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सुधार समूह गोरखाका अध्यक्ष नवराज पोखरेल समाजसेवी हेमबहादुर बोहोरा प्रशिक्षक अमृता राना उषा भट्ट संगीता कुँवर सावित्री वानियाँ माजु खत्री रोजिना थापा लगायतले मन्तब्य राख्नुभएको थियो । तालिमको २० जना सहभागीलाई प्रमुख आतिथि हेमबहादुर बोहोराले प्रमाणपत्र वितरण गनुभएको थियो ।
No comments:
Post a Comment