४ असार २०६७
हिमालपारिको जिल्ला मनाङमा नयाँ शैक्षिक सत्र शुरु भएको चार महिना वितिसक्दा पनि विद्यार्थीले सहज रुपमा पाठयपुस्तक पाउन सकेका छैनन् । हिमाली जिल्ला भएकाले मनाङमा नयाँ शैक्षिक सत्र फागुन १ गतेदेखि शुरु हुन्छ । कक्षा पाँचको परिवर्तित विषय र अन्य कक्षाका केही विषयको पाठ्यपुस्तक विद्यार्थीले पाउन नसक्दा उनीहरुको पठनपाठनमा समस्या परेको छ । परिवर्तित पाठयपुस्तक नपाएपछि विद्यार्थीलाई पुरानै पाठ्यक्रम अनुसार पठन पाठन गरिएको छ ।
विद्यार्थीहरुले माध्यमिक तहको गणित अंग्रेजी र विज्ञान विषयको पाठयपुस्तक समेत सहज रुपमा पाउन सकेका छैनन् । सरकारले नयाँ शैक्षिक सत्र शुरु हुनु भन्दा एक महिना अघि नै सबै विषयको पाठयपुस्तक विद्यार्थीलाई सहज रुपमा उपलब्ध गराउने जनाएपनि मनाङमा कार्यान्वयन हुन सकेको छैन् । जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले भने परिवर्तित पाठ्यक्रम बाहेकका पाठ्यपुस्तकहरु विद्यालयका प्रधानाध्यापकले खरिद गरेर लगिसकेको जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment