Friday, June 18, 2010

भिरमहले पाएन बजार

४ असार २०६७
लमजुङको पर्यटकीय गाउँ भुजुङका वासिन्दाले भीरबाट काढेर ल्याएको भीरमहले बजार नपाएको गुनासो गरेका छन् । बैशाखको दोश्रोसाता भीरबाट काढेर ल्याएको मह अहिले घरघरमा नै थन्काउनु परेको छ । गाउँवाट दुई दिन हिँडेर एक साता जंगलमै बसि काढेर ल्याएको भीरमह भुजुङमा प्रतिमाना तीनसय रुपैँयामा किन्न पाइन्छ । यसअघि थोरैमात्रामा निस्कने भीरमह आफ्नै घरायसी कामकाजमा मात्र प्रयोग गर्ने र गाउँघरमै खपत हुने गरेपनि यसपटक सोँचे भन्दा बढी मह निस्किएपछि उनीहरुलाई ब्यवस्थापन गर्न गाह्रो परेको हो । यता जिल्ला कृषि विकास कार्यालयले भने भुजुङवासीहरुले आफुहरुसँग सम्पर्क नगरेको बताएको छ । जिल्ला बाली संरक्षण अधिकृत रमेश सुवेदीले आफुहरुसँग तालमेल नभएको कारण बजारको अभाव भएको बताउनुभयो । मौरीले भीरको ढुङ्गामा बनाईएको चाक्लालाई अत्यान्तै अप्ठ्यारोपूर्वक झिकेर प्रशोधन गरि उपयोगमा ल्याईने भीरमह शक्तिबद्र्धक हाडजोर्ने लगायतका रोगहरुका लागि औषधिको रुपमा प्रयोग गरिन्छ ।

No comments: