४ असार २०६७
जिल्ला बजार अनुगमन समितिले आज गोरखा सदरमुकामका दैनिक उपभोग्य वस्तुको पसलमा अनुगमन गरेको छ । सदरमुकामको हरमटारी वसपार्क लगायतका ठाउँका पसलहरुमा नापतौलको अवस्था मुल्य सुची र पस दर्ताको अवस्थ्ाा लगायतको विषयमा अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले जानकारी दिनुभएको छ । सदरमुकामका पसलहरुमा प्याकेटको चिनी तेल चामल लगायतका उपभोग्य वस्तुमा कम तौल भएको उपभोक्ताको गुनासो आएपछि आजै अनुगमन गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय उद्योग वाणिज्य संघ गोरखा नगरपालिका जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागी अनुगमन टोलीले सदरमुकामको तीन पसलमा अनुगमन गर्दा समस्या नदेखिएको अनुगमन टोलीले बताएको छ । समितिले उपभोग्य सामाग्री पसलबाट उपभोक्ता नठगिउन् भनेर नियमति अनुगमन गर्दै आएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो ।
No comments:
Post a Comment