Friday, June 18, 2010

साचार क्षेत्रको विकासमा गोरखा पछाडि परेको भन्दै चिन्ता व्यक्त

४ असार २०६७
गोरखा जिल्ला साचार क्षेत्रको विकासमा निकै पछाडी परेकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । राजधानी नजिकको जिल्ला भएपनि साचार क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसकेकोमा जिल्लाका राजनीतिक दल सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि पेशाकर्मी मानवअधिकारवादी ब्यापारी आदिले चिन्ता गरेका हुन् । जिल्लामा केही आमसाचार माध्यामको स्थापना भएपनि तीनिहरुले जिल्लाभरि पहुँच विस्तार गर्न नसकेको र भौगोलिक समस्या कारण कतिपय ठाउँमा आधारभुत साचार साधन पनि पुग्न नसकेको उनीहरुको भनाइ थियो ।
जिल्लामा साचार क्षेत्रलाई ब्यवस्थित बनाउन गठित स्थानीय समन्वय समितिले आयोजना गरेको जिल्लामा साचार स्थिति र गर्नुपर्ने सुधार विषयक कार्यक्रममा जिल्लाको साचार अवस्थाको चिनारी गराउदै पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले सन्तोषजनक अवस्था नभएको बताउनुभयो । उहाँले जिल्लामा हलाक सेवा टेलिफोन केवल टेलिभिजन रेडियो पत्रपत्रिका र इन्टरनेट सेवाको अवस्था समस्या र सुधार गर्नुपर्ने कुराहरुबारे जानकारी गराउनुभएको थियो । जिल्लाको साचार क्षेत्रको वर्तमान अवस्थाले सन्तुष्ट हुनुपर्ने अवस्था नभएको भन्दै उहाँले सरोकारवाला निकायले यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
सो प्रस्तुती माथि गोरखा क्याम्पसका क्याम्पस प्रमुख डाक्टर लेखनाथ शर्मा र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दवाडीले टिप्पणी गर्नुभएको थियो । जिल्ला न्यायधिश प्रभा बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एकीकृत माओवादीका लेखबहादुर थापा नेपाली कांग्रेसका सीपी पोखरेल नेकपा एमालेका कृष्ण कुँवर प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो ।
उहाँहरुले परिवर्तित अवस्थामा हुलाक सेवालाई प्रभावकारी बनाउन नयाँ ब्यवस्था गर्नुपर्ने जिल्लाको विकट क्षेत्रमा पनि टेलिफोन विस्तार गर्नुपर्ने पत्रपत्रिका र रेडियोमा जिल्लावासीको पहँच पुर् याउन साचालकहरुले ध्यान दिनुपर्ने बताउनुभएको थियो । सो कार्यक्रम जिल्ला हुलाक कार्यालयका प्रमुख सहदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

No comments: