Friday, June 18, 2010

गोरखामा पनि एडिएसएल सेवा

४ असार २०६७
नेपाल टेलिकम गोरखाले आजदेखि जिल्लामा एडीएसएल सेवा सुरु गरेको छ । जिल्लावासीलाई सस्तोदरमा गुणस्तरिय र छिटो इन्टरनेट सेवा प्रदान गर्न टेलिकमले आजदेखि एडीएसएल सेवा सुरु गरेको जनाएको छ । एडीएसएल सेवाको आज एक कार्यक्रमका वीच जिल्ला न्यायधिश प्रभा वस्नेतले उद्घाटन गर्नुभएको हो । टेलिकमले एक साताको परीक्षणपछि एडीएसएलको ७२ वटा सर्भर वितरणको तयारी गरेको शाखा प्रमुख बेचत गौतमले बताउनुभयो । यो प्रविधिबाट १ सय २८ २ सय ५६ र ५ सय १२ एमबीपीएस स्पीडको इन्टरनेट सेवा लिन सकिने उहाँले बताउनुभयो ।

No comments: