१६ असार २०६७
गोरखाको कुसुण्डा परिवारलाई जिल्ला विकास समितिले घर बनाउनका लागि १ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । गोरखा नगरपालिका १० तेरकिलोमा अरुको घरमा बस्दै आएको ६९ बर्षीया सुमित्रा कुसुण्डाको परिवारलाई जिविसले घर बनाउने पैसा दिएको हो । स्थानीय शासन सामुदायिक विकास कार्यक्रमको दलित जनजाति लोपोन्मुख लक्षित कार्यक्रम अन्तर्गतको रकमबाट लोपोन्मुख जाति कुसुण्डालाई सहयोग गरेको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।
जंगलवाट मानव समुदायमा आएको १५ बर्षपछि जिविसले पहिलोपल्ट कुसुण्डा परिवारलाइ आर्थिक सहयोग गरेको हो । मिरकोट गाविसको सातदोबाटोको जंगलमा बस्दै आएका कुसुण्डा परिवार सुमित्राको श्रीमानको निधनपछि १३ किलो बजारमा भाडा तिरेर वस्न थालेका थिए । आम्दानीको बाटो नभएपछि बिगत एकबर्ष यता घरभाडा तिर्न पनि नसकेको कुसुण्डा परिवारको गुनासो छ । उनीहरुका लागि वासको सबैभन्दा ठूलो समस्या भएकाले सोही शिर्षकका लागि सहयोग गरेको स्थानीय विकास अधिकारी श्रेष्ठले बताउनुचभयो ।
जिविसले दिएको डेढलाख रुपियाँ घर बनाउनका लागि अपुग हुने सुमित्राको गुनासो छ । जिविसले उपलब्ध गराएको रकमले जग्गा खरिद गरी घर बनाउन नपुग्ने भएपछि १३ किलोका दुर्गा पोखरेलले निशुल्क रुपमा ७ आना जग्गा उपलब्ध गराउनुभएको छ । छ जनाको कुसुण्डा परिवारलाई गोरखा नगरपालिकाले मासिक पाँचसय रुपियाँको दरले लोपोन्मुख भत्ता प्रदान गर्दै आएको छ ।
No comments:
Post a Comment