१६ असार २०६७
असार महिनाको आधा समय वितिसक्दा पनि गोरखाको अधिकांश फाँटहरुमा रोपाइ सुरु हुन सकेको छैन । जिल्लाको माथिल्लो क्षेत्र र सिाचाइ सुविधा पुगेका केही क्षेत्रबाहेक अधिकांश क्षेत्रमा रोपाइ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धान खेती गर्ने कुल १७ हजार ७ सय ८५ हेक्टर जमिनमध्ये २० प्रतिशतमा मात्र रोपाइ भएको कृषि कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले जानकारी दिनुभएको छ ।
अहिलेसम्म जिल्लाको हंशपुर जौवारी मुच्चोक खोप्लाङ र देउराली गाविसमा रोपाइ गरिएको उहाँले बताउनुभयो । धानखेती गरिने जमिनमध्ये ३ हजार हेक्टरमा बाह्रै महिना सिाचाइ सुविधा भएको र अरु ठाउँमा वर्षाको पानीमा भर पर्नुपर्ने भएकाले रोपाइ हुन नसकेको हो । असार महिना लागेसंगै मनसुनी वर्षा हुन थालेपछि जिल्लाको अन्य क्षेत्रमा पनि रोपाइ सुरु हुने कृषि कार्यालयले जनाएको छ ।
मनसुनी वर्षापछि खोलाखोल्सीहरु बढेपछि मात्र अधिकांश फाँटहरुमा रोपाइका लागि पानी पर्याप्त हुन गर्छ । मनसुनी बर्षा राम्रोसंग हुन नसकेका कारण रोपाइ हुन नसकेको कृषि कार्यालयको भनाइ छ । मुख्य खाद्यान्न वालीको रुपमा रहेको धान जेठको अन्तिम सातादेखि साउनको मध्यसम्म रोपाइ गर्ने प्रचलन छ । गोरखाको माथिल्लो क्षेत्रमा एक्ले पहेलो लहरे मासर्ी जस्ता परम्परागत धानहरु लगाइन्छ भने दक्षिणि क्षेत्रमा राधा सावित्री हर्दिनाथ जस्ता उन्नत धानहरु खेती गरिने कृषि कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment