१६ असार २०६७
गोरखाको आँपपिपल १ स्थित पाथीभरा जलजले जोड्ने मोटर वाटो निमार्ण कार्य सम्पन्न भएको छ । स्थानीय वासिन्दाको सकि्रयतामा पालुङटार भण्डारथोकबाट पाथीभरा जलजले जोड्ने मोटर वाटो खनिए पश्चात स्थानीय वासिन्दा हर्षित भएका छन् । जलजले र पाथीभराका स्थानीय बासिन्दाले गाविस तथा आफ्नै लागनीमा भण्डारथोकदेखि पाथीभरा हुदै जलजले सडक खण्डसम्मको करिव २० किमी सडक खण्ड डोजरद्वारा मोटर वाटोको निमार्ण गरेका हुन् ।
राईनासटार िसंचाई आयोजनाको नहरमा क्षति पुगेपछि भलायखर्क चक्रतीर्थ र धमिलिकुवा गाविस अन्र्तगतको ८ सय ५० हेक्टर जमिनमा रोपाई गर्न समस्या उत्पन्न भएको छ । भलायखर्क र चर्कतीर्थको सिमानामा पर्ने लामोबगर नजिकै नहर भत्किएपछि सो क्षेत्रका कृषकहरुलाई रोपाई गर्न समस्या भएको हो । वर्षाका कारण नहरमा क्षमता भन्दा बढी पानी आएकोले होचो र कमजोर स्थानमा नहर फुट्न गएको हो । नहर फुटेपछि किसानहरुको खेतमा रोपाई गर्न नसकिने भएपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । नजिकै रहेको कृष्ण पन्थीको घर वरीपरि पुरेको छ भने वरीपरिका करिब ५ रोपनी खेतमा बलौटो माटो र ढुंगाले पुरीदिएको छ । नहर फुटेकै कारण डुम्रे-बोराङखोला सडक खण्डमा पनि क्षति पुगेको छ । नहर मर्मतका लागि तारजाली र जनशक्तिको आवश्यकता पर्ने देखिएको स्थानीय शिक्षक नारायण पौडेलले वताए ।
No comments:
Post a Comment