१५ असार २०६७
आज सातौ राष्ट्रिय धान दिवश गोरखामा धुमधामसंग मनाइएको छ । पानी परेपछि असार महिनामा किसानहरुले रोपाई गर्न सुरु गर्ने वेला पारेर सरकारले सात वर्षदेखि असार १५ गतेलाई धान दिवशको रुपमा मनाउदै आएको हो ।
जिल्ला कृषि विकास कार्यालय गोरखा र अन्नपुर्ण खाद्यान्न वाली समुह छेपेटारको आयोजनामा गोरखा नगरपालिका ९ छेपेटारमा धान दिवश कार्यक्रम गरीएको हो । कृषि भूमीको संरक्षण गरौ धानको उत्पादन बढाऔ भन्ने नाराका साथ मनाइएको धान दिवशको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले खेतमा धान रोपेर उद्घाटन गर्नुभयो ।
धान दिवशमा एकीकृत माओवादी नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरु दल निकट किसान संघका प्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिहरु सहभागी थिए । धानको उत्पादनलाई बढाएर खाद्य सुरक्षा कायम गर्नका लागि धान दिवश मनाउन थालिएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बुद्धिबहादुर थापाले बताउनुभयो ।
मानो खाएर मुरी उब्जाउने बेलाको रुपमा मानिने असार महिनामा किसानहरु धान रोपाइमा ब्यस्त हुने भएपनि समयमा वर्षा नभएकाले कतिपय क्षेत्रमा भने रोपाइ हुन सकेको छैन ।
No comments:
Post a Comment