१५ असार २०६७
आखाँ उपचार केन्द्र गोरखाले आजबाट जिल्लामै आखुका रोगीहरुको शल्यकि्रया गर्न सुरु गरेको छ । लायन्स क्लब अफ गोरखाद्धारा साचांलीत सो केन्द्रले हिमालय आखाँ अस्पतालको प्राविधीक सहयोगमा आजबाट गोरखा अस्पताल हाताको प्रस्तावित आखाँ अस्पताल भवनबाट शल्यकि्रर्या सेवा शुरु गरेको हो । यसअघि सो केन्द्रले दैनिक आखा जाँच तथा उपचार चस्मा र औषधी वितरण गर्दै आएको थियो भने शल्यकि्रर्याका लागि पोखरा जानुपर्ने अवस्था थियो ।
यो सेवा सुरु भएपछि हरेक मिहिनाको १५ गते आखा रोगको सल्यकि्रया गरी गोरखामा नै उपचार गर्न सकिने आखा उपचार केन्द्रका संयोजक पुरुषोत्तम अर्यालले बताउनुभयो । शल्यकि्रया सेवाको आज एक कार्यक्रमका वीच हिमालय आखाँ अस्पताल पोखराका बरीष्ठ नेत्र विशेषज्ञ तथा मेडीकल डाइरेक्टर डाक्टर इन्द्रमान महर्जनले उदघाट्न गर्नुभएको हो ।
सो अवसरमा उहाँले गोरखाका आँखा रोगीहरुले छिटो र सुलभ रुपमा जिल्लामा नै उपचार गर्न पाउने बताउनुभयो । गोरखामा आखाको रोगी धेरै रहेको बताउँदै उहाँले आखाका विरामीहरुले उपचारका लागि ठुला शहरमा जानु नपर्ने बताउनुभएको हो । उहाँले जिल्लाको आदा अस्पतालका लागी हिमालय आखाँ अस्पतालले गरिरहेको सहयोगलाई निरन्तरता दिइने पनि प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
लायन्स क्लबका प्रथम उपाध्यक्ष तथा आँखा अस्पताल भबन निर्माण समीतीका संयोजक लायन शित्तलकाजी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचिव सम्झना देबकोटा प्रमुख जिल्ला अधिकारी कमलमणी काफ्ले स्थानीय विकास अधीकारी राजकुमार श्रेष्ठ उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष रामबाबु जोशी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजगं थापा लायन्स क्लबका अध्यक्ष कपीलबाबु अर्याल र आँखा उपचार केन्द्रका जिल्ल्ाा संयोजक पुरुषोत्तम अर्याललॆ निर्माणाधीन आखाँ अस्पतालका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
No comments:
Post a Comment