Wednesday, June 30, 2010

आलुमा ऐजेरु रोग लाप्राकका बासिन्दा चिन्तित

१५ असार २०६७
खेतमा लगाइएको आलुमा ऐजेरु रोग लागेपछी गोरखा लाप्राकका बासिन्दा चिन्तित भएका छन् । आम्दानीको मुख्य श्रोतका रुपमा रहेको आलुमा रोग लागेर आधाभन्दा बढी उत्पादन घटेपछि विउ पनि नरहने भन्दै उनीहरु चिन्तीत भएका स्थानीय राज गुरुङले बताउनुभयो ।
अघिल्ला वर्षमा एउटा गराामा ३÷४ डोको आलु उत्पादन भएकोमा यसबर्ष १ डोकोपनि उत्पादन नभएको उहाँले बताउनुभयो । लाप्राकमा उत्पादन हुने स्थानीय जातको कालो आलु विगतमा बार्षिक ४ सय क्विन्टल विक्री गर्ने गरीएपनि यसबर्ष बिक्री गर्न नसकीने उहाँले बताउनुभयो ।
उत्पादित आलु लिनका लागी सदरमुकाम छेपेटार ताकु मसेल सिम्जुङ लगायतका ठाउँबाट किसानहरु लाप्राक जाने गर्दछन् । लाप्राकमा रहेका ६०० घरधुरी सबैले आलुखेती गर्दछन् पुष माघमा लगाइने आलु अहिले खन्ने बेला भएको छ ।

No comments: