Wednesday, June 30, 2010

गोरखाका सचिवहरुलाई राजिनामा नदिन राजनैतिक दलको आग्रह

१४ असार २०६७
राजीनामा दिन भुमिगत संगठनबाट धम्कीपुर्ण पत्र पाएका गोरखाका गाविस सचिवलाई जिल्लाका कि्रयाशील राजनितिक दलले राजिनामा नदिन आग्रह गरेका छन् । एकीकृत माओवादी नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला नेतृत्वले सचिवहरुलाई बरु सदरमुकाम नै वसेर काम गर्न आग्रह गरेका हुन् ।
गाविस सचिव हकहित स्ांरक्षण केन्द्रले धम्कीपुर्ण पत्रको संबन्धमा दलहरुको ध्यानाकर्षण गराउन आयोजना गरेको अन्तरकि्रर्या कार्यक्रममा एकीकृत माओवादीका धु्रव भट्ट नेपाली कांग्रेसका सीपी पोखरेल र नेकपा एमालेका सम्झना देवकोटाले सुरक्षाको जिम्मा लिन नसकेपनि सर्बसाधारणको काम धेरै भएको बेलामा राजीनामा नदिन आग्रह गरेका हुन् ।
आर्थिक वर्ष समाप्तिको बेलामा विकास निर्माणका कामहरु धेरै बाँकी रहेकाले सर्बसाधारणको कामलाई मध्यनजर गर्दै छाडेर तत्काल राजीनामा नदिन दलहरुले आग्रह गरेका हकहित संरक्षण केन्द्रका सचिव प्रकाश शर्माले बताउनुभयो । गाउँ जान कठिनाइ भए सदरमुकाममा नै वसेर काम गर्ने तर तत्काल राजीनामा नगर्न दलहरुले आग्रह गरेका उहाँले बताउनुभयो ।
गाविस सचिवहरुले आफुहरुलाई आएको धम्कीपुर्ण पत्रको संबन्धमा दलहरुको धारणा बुझ्न आजको कार्यक्रम राखेका थिए । दलहरुले भुमिगत संगठनबारे आफुहरु पनि खोजी गर्ने दलहरुले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सचिवहरुले भने आफुहरुको सुरक्षाको ग्यारेण्टी नगरेमा सामुहिक राजीनामा समेत दिन सक्ने बताएका थिए ।
यस विषयमा सचिवहरुले स्थानीय प्रशासन र राजनीतिक दलहरुसंग केही दिनमा पुन छलफल गरेर अघि बढ्ने बताएका छन् । असुरक्षाका कारण काम गर्न नसक्ने अवस्था सिर्जना भएकाले दल र स्थानीय प्रशासनले सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने सचिव शर्माले बताउनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले सचिवहरुले अफ्ठेरो परिस्थितिमा काम गर्नुपरेपनि तत्काल राजीनामा नदिन आग्रह गर्नुभयो । केहि दिन अघि संयुक्त जातिय मुक्ति मोर्चाको नामबाट गाविस सचिव हकहित संरक्षण केन्द्रलाई राजिनामा नदिए कारवाहि हुने चेतावानी सहितको पत्र आएको थियो ।

No comments: