१३ असार २०६७
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिक गतिरोधको मुख्य कारक एकीकृत नेकपा माओवादी रहेको आरोप लगाउनु भएको छ । पौडेललॆ माओबादीका गतिविधि अराजक बन्दै गएको र जिम्मेबार नबन्दा सम्म नयाँ संविधान बन्न नसक्ने दावी गर्नुभयो । माओबादी कार्यकर्ताको कुटाईबाट घाइते भएका गोर्खाका कार्यकर्ताहरुलाई आज शिक्षण अस्पताल काठमाण्डुमा भेटेपछि पौडेलले यस्तो बताउनु भएको हो । उहाले दोषीहरुलाई तत्काल कारबाही गर्न समेत सरकारसंग माग गर्नु भएको छ । घ्म्पेसालमा रहेको दुल्लभ उच्च माविको व्यवस्थापन समिति गठकॊ विषयमा विवाद हुदा हिजो माओबादी कार्यकर्ताहरुले आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेको काँग्रेस नेताहरुले जनाएका छन् । घाइते सुन्दर गुरुङ र लोकवहादुर रावलको अहिले शिक्षण अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।
यसैविच शनिबार साँझ र आइतबार बिहान पनि माओवादी कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको नेपाली कांग्रेस गोरखाले जनाएको छ । आरुपोखरी ५ कोइरालेका नवराज अधिकारी मसेल ६ खगीथोकका खिलाप्रसाद देवकोटा र तान्द्राङ्ग ९ का टीका अम्गाईलाई छुट्टाछुट्टै ठाउँमा कुटपीट गरेको कांग्रेसले जनाएको छ । अधिकारीलाई आइतबार बिहान खान्चोक भाज्याङ नजिक बाटोमा रहेका माओवादी कार्यकर्ताले कुटपीट गरेका हुन् ।
कुटपीटबाट उहाँको दाहिने आँखा च्यूँडो र ढाडमा चोट लागेको छ र गोरखा अस्पतालमा उपचार भएको छ । आरुपोखरीको सडक उपभोक्ता समितिका सचिव अधिकारी सडकको काम लिएर सदरमुकाम आउँदा बाटोमा रहेका नचिनेका मान्छेले ूयही होू भन्दै पछाडीबाट आएर कुटपीट गरेको पीडितले बताएका छन् । कुटपीट गर्ने माओवादी नै भएको र आफुलाई कांग्रेस भएकै कारण कुटपिट गरेको उहाँले बताउनुभयो । यस्तै तान्द्राङ्ग ९ का टीका अंगाई पनि शनिबार साँझ ताराखसे भन्ने ठाउँमा हिडिरहेको अबस्थामा कुटिएको काँग्रेसले जनाएको छ । अर्का खिलाप्रसाद देवकोटालाई राती साढे ११ बजे सुतिरहको अबस्थामा बोलाएर बारीमा लगेर कुटपीट गरेको कांग्रेसको आरोप छ ।
माओवादीका जिल्ला सक्रेटरी चुडामणी खड्का प्रकाशले भने कुटपिटका पछिल्ला घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दावी गर्नुभएको छ । आफ्नो पार्टीलाई बद्नाम गर्न काँग्रेसले षड्यन्त्रमूलक ढंगले कुटपिटको हल्ला चलाएको उहाँको आरोप छ ।
यता एकीकृत माओवादी गोरखाले आफ्ना ३ जना कार्यकर्ता हिजोदेखि वेपत्ता भएको आरोप लगाएको छ । माओवादी कार्यकर्ताहरु कुमार श्रेष्ठ विकास वन्त र अणराज वन्त हिजो साँझदेखि समपर्कमा नभएको जिल्ला सेक्रेटरी खड्काले बताउनुभयो । उहाँले कांग्रेस कायकर्ता र प्रहरीले वेपत्ता बनाएको आरोप लगाउनुभएको छ ।
माओवादीले पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार रामचन्द्र श्रेष्ठ र सदस्य रामशरण भट्टराईलाई काँगे्रस निकट तरुण दलका कार्यकर्ताले कुटेको आरोप लगाएको छ । अखिल नेपाल शिक्षक संगठनले आज एक विज्ञप्ति जारी गरी काँग्रेस निकटका आपराधिक समूहले शिक्षकद्धयलाई ज्यान लिने नियतले आक्रमण गरेको दावी गरेको छ । जिल्ला अध्यक्ष वीरबहादुर तमुद्धारा हस्ताक्षरित विज्ञप्तिमा कुटपीटमा संलग्नलाई कडा कारवाही र घाइतेको उपचारको माग गरिएको छ ।
प्रहरी नायव उपरिक्षक गोरखिसं भण्डारीले सुरक्षाका लागि नियन्त्रणमा लिइएका ५ जना माओवादी कार्यकर्तालाई आज बिहान छाडिसकिएको बताउनुभयो ।
No comments:
Post a Comment