१३ असार २०६७
नेपाली कांग्रेसले आफ्ना सकि्रय सदस्यहरुमाथि आक्रमण गरेर एकीकृत माओवादीले वैचारिक राजनीतिलाई कुल्चिएर िहंसा हत्याको राजनीतिमा विश्वास गरी अघि बढेको आरोप लगाएको छ । कांग्रेसका जिल्ला सचिव इश्वर पाण्डेले आज एक विज्ञप्ति जारी गरी सबैभन्दा ठुलो पाटि माओवादी जनताको मतको अपमान गर्दै आस्थाकै आधारमा अन्य पाटिका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको बताउनुभएको छ ।
विज्ञप्तिमा आस्थाको आधारमा कुटपीट र आक्रमण गर्नुलाई निन्दनीय र अमानवीय भन्दै घोर निन्दा र भत्स्रना गरिएको छ । पटक पटक दोहोरिदै आएको यस्ता घटनाप्रति नेपाली कांग्रेसको सहनसिल र मौनतालाई कमजोर नठान्न विज्ञप्तिमा चुनौती दिइएको छ । विज्ञप्तिमा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना र दोषीमाथि कडा कारबाहीको लागि सरकारसंग माग गरिएको छ ।
नेपाल तरुण दलले पनि एक विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्तामाथि ठाउँठाउँमा भएको आक्रमणप्रति भत्स्रना गरेको छ । अध्यक्ष घिरन थापाद्धारा जारी विज्ञप्तिमा आफ्ना कार्यकर्ताको स्वतन्त्रपुर्वक हिडडुल गर्न पाउने नैसर्गिक अधिकार हनन नगर्न माओवादीलाई आग्रह गरेका छन् । विज्ञप्तिमा त्यस्ता घटना दोहोर् याएमा प्रतिकारमा उत्रने चेतावनी दिइएको छ ।
एकीकृत माओवादीले पनि आज एक विज्ञप्ति जारी गरी घ्याम्पेशालको विद्यालय ब्यवस्थापन समिति गठनको कार्यक्रममा कांग्रेसले काठमाडौबाट ब्यावसायिक रुपमा आपराधिक चरित्रका मानिसहरु ल्याई गोरखाली जनतालाई आतंकित बनाउन खाजेको जनाएको छ ।
जिल्ला सेक्रेटरी चुडामणि खड्काद्धारा जारी विज्ञप्तिमा दिनदहाडै तरबार भाला खुकुरी रड लिएर स्थानीयलाई धम्क्याउने माओवादीको क्षेत्रीय कार्यालय तोडफोड गर्ने घटनाको भत्स्रना गरिएको छ । विज्ञप्तिमा जिल्लामा वितण्डा मच्चाएर आफ्नो झुटको खेती बचाइ राख्ने कांग्रेस र प्रहरी प्रशासनको कि्रयाकलापको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभ र दोषीमाथि कारबाहीको माग गरिएको छ ।
No comments:
Post a Comment