१२ असार २०६७
एकिकृत माओवादी कार्यकर्ताको कुटपीटबाट गोरखामा १० जना कांग्रेस कार्यकर्ता र एक जना प्रहरी जवान घाइते भएका छन् । घाइतेमध्ये सुन्दर गुरुङ र लोकबहादुर गुरुङलाइ गोरखा अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौ लगिएको छ भने मनोज गुरुङ भक्तबहादुर गुरुङ राजकुमार गुरुङ मिाजत गुरुङ रोशन गुरुङ र राजेश गुरुङको गोरखा अस्पतालमा उपचार भइरहेको छ । अन्य दुइजना मध्ये टेकबहादुर गुरुङ घ्याम्पेशाल र धु्रव गुरुङ बुंकोटबाट ३ घण्टापछि मात्र उनीहरु सम्पर्कमा आएको प्रहरी नायब उपरीक्षक गोरख सिङ भण्डारीले जानकारी दिनुभएको छ ।
जिल्लाको घ्याम्पेशालबाट सदरमुकाम आउँदै गरेका काँग्रेस कार्यकर्ता बाटो कुरेर बसेका वाइसीएल कार्यकर्ताले गोरखा नगरपालीकाको ढुङ्गागाडे भाज्याङ्गमा आक्रमण गर्दा सुरक्षाका लागि खटिएको प्रहरी टोलीका जवान अनिलकुमार थापा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनाबारे पूर्व सुचना पाएको प्रहरीले उनीहरुलाई आक्रमण गरिएको स्थानभन्दा आधा घण्टा टाढाबाट सुरक्षा दिएको थियो । तर वाइसीएलले उनीहरुलाई सुरक्षा घेराभित्रै आक्रमण गरेका हुन् । उनीहरुले रड ढुङ्गा खुकुरी लगायतका हतियारले आक्रमण गरेका घाइतेहरुले बताएका छन् । मसेल गाविसको दुल्लभ उच्च माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठनका क्रममा हिजो काँग्रेस र माओवादी समर्थित कार्यकर्ताविच सामान्य विवाद भएको थियो । त्यसैका कारण आज उनीहरुलाई आक्रमण गरिएको कांग्रेसले बताएको छ ।
घटनाप्रति नेपाली कांग्रेस गोरखाले खेद ब्यक्त गरेको छ । यो घटनाबाट माओवादीले अझैपनि िहंसा हत्याको राजनीति गरिराखेको पुष्टी भएको कांग्रेसका जिल्ला सचिव इश्वर पाण्डेले बताउनुभयो । िहंसाको राजनीति गरेर माओवादीले जनताको मतको खिल्ली उडाएको बताउनुभयो ।
यता एकिकृत माओवादी गोरखाले आक्रमण गरिएको स्विकार गर्दै पेशेवर अपराधीहरुलाई जनताले कारवाही गरेको दावी गरेको छ । जिल्ला सेक्रेटरी चुडामणि खड्काले विगतमा आफ्ना कार्यकर्तालाई आक्रमण गर्नेहरुलाई जनताले कारवाही गरेको बताउनुभयो । संविधानसभाको निर्वाचनको समयमा एकिकृत माओवादीका जिल्ला समितिका पूर्व सेक्रेटरी लोकप्रसाद वाजारालाई आक्रमण गर्नेहरु सोही समूहका भएकाले आक्रमण गरिएको उहाँले बताउनुभयो । आक्रमणकारीहरुको खोजी भैरहेको प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभएको छ ।
No comments:
Post a Comment