१२ असार २०६७
गोरखाको बिभिन्न गाउँमा सुधारिएको चुल्हो निर्माण गर्ने प्रवद्र्धकहरुलाई आज पुरस्कार प्रदान गरिएको छ । क्षेत्रीय नवीकरणीय उर्जा सेवा केन्द्र ग्रामीण शशक्तिकरण समाज तनहुँको आयोजनाको सहयोग र हिमाली क्षेत्र विकास केन्द्र तथा जिल्ला सहकारी संघ गोरखाको आयोजनामा धेरै सुधारिएको चुल्हो निर्माण गर्न सफल प्रवद्र्धकलाई पुरस्कार प्रदान गरिएको हो ।
सो कार्यक्रममा सौरपानकिा डिलबहादुर थापा पहिलो हुनुभएको छ । उहाँलॆ प्रेसर कुकर कसौडी पानी फिल्टर करुवा र थाल गरी ४ हजार बराबरको पुरस्कार जित्नुभएको छ । त्यसैगरी ताकुमाझ लाकुरीबोटका मिना पाठकले दोश्रो ताप्लेका टिका बानियाँ तेश्रो र गाइखुरका शुशीला न्यौपाने र जानुका भुजेलले सान्त्वना पुरस्कार पाउनुभएको छ । उहाँहरुले क्रमश ३ हजार २ हजार र १ हजार रुपियाँ बराबरको पुरस्कार जित्नुभएका हिमाली क्षेत्र विकास केन्द्रका सदस्य कल्पना उपरकोटीले जानकारी दिनुभएको छ ।
आजैको कार्यक्रममा १० जना चुल्हो प्रवद्र्धकलाई प्रमाणीकरण बोर्ड पनि प्रदान गरिएको छ । जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ क्षेत्रीय नवीकरणीय उर्जा सेवा केन्द्रका अध्यक्ष सरिता गुरुङ गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका सिकोडरका कार्यक्रम संयोजक हरि अधिकारी जिल्ला उर्जा तथा वातावरण शाखाका प्रमुख हरि देवकोटा हिमाली क्षेत्र विकास केन्द्रका कोषाध्यक्ष रोजी गुरुङ परिवर्तनशिल प्रवद्र्धन संघका अध्यक्ष कविता भट्ट लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment